माओवादीको निर्णय : एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने

माओवादीको निर्णय : एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने

Hollywood Khabar September 28,2021 Comments

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।  आगामी पुस ११ देखि १३ हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । नेता देव गुरुङका अनुसार स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको छ ।

नेता देव गुरुङले यसबीचमा विभिन्न घटकसँग भएका पार्टी एकता र अर्को पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पार्टीमा गठन भएको कार्यदलको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् ।