श्रीराम श्रेष्ठ

श्रेष्ठको ८ सिजो

Hollywood Khabar September 30,2020 Comments

१।
पाखुरा बलवान परिश्रम गर्नैपर्छ
पौरख आफ्नै सान गौरवमा रमाउदै
यसरी नेपाली भई बाँच्नुपर्छ फुर्तिले ।
२।
आक्रोश बुझ्नुपर्छ आफैंलाई समालेर
रिसले निम्त्याउछ डरलाग्दा दुर्घटना
सोचाई सकारात्मक भलो हुन्छ सबैको ।
३।
थर्केर एकनास प्रलयमा फसेपछि
जिस्कायो सधैंजसो प्राणधान्न पनि धौधौ
सोचेको सपना भनि भागि हाल्यो बिर्सेर ।
४।
खोतल्दा इतिहास गहिरिदै लुक्न थाल्दा
साक्षी किनारामा सहि छाप गरिरहे
प्रमाण प्रष्ट नहुदा हावाखाय आफैले ।
५।
रहस्य खोजिगर्दै आफैलाइ भुलेपछि
बाध्यता बिताउदै घमण्डमा फसेपछि
बेकार शङ्कामा फस्दाको चिप्लियछ समय ।
६।
मच्चिदै माथि पुग्दा तल झर्ने मन हुन्छ
स्वभाव बुझ्नुपर्छ तातियर हुन्न केही
खुम्चिदै डल्लो पारेर केही हुन्न कुरेर ।
७।
रातमा निन्द्रा लाग्दा घुमायछ सापनाले
मनमा तर्कनाले निउ खोज्दा पच्नै गाह्रो
औकात बिर्सने बानी आफैदेखि लजाय ।
८।
पिउनु पिएपछि आफुलाई सिध्याएर
भनिनँ तिमीलाई जिउनुको दुस्खलाई
स्वर्गीय अनुभूति पौडिखेल्दै विश्राम ।
श्रीराम श्रेष्ठ
बट्टार नुवाकोट ।