एमालेको देशैभरका वडा अधिवेशन कात्तिक ६ गते हुने

एमालेको देशैभरका वडा अधिवेशन कात्तिक ६ गते हुने

Hollywood Khabar October 17,2021 Comments

नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

कात्तिक ६ गते बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजारभन्दा बढी वडाहरुको एकसाथ भर्चुअल उद्घाटन गर्नुहुनेछ । यसैलाई नै औपचारिक उद्घाटन मानिनेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिती तय गरेको कार्यालय सचिव तामाङले बताए । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ ।