एमालेको विधान महाधिवेशनका लागि प्रस्तावित तीन प्रतिवेदनमाथि सुझाव संकलन

एमालेको विधान महाधिवेशनका लागि प्रस्तावित तीन प्रतिवेदनमाथि सुझाव संकलन

Hollywood Khabar September 25,2021 Comments

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि प्रस्तुत तीन प्रस्तावमाथि छलफल गर्न छुट्याइएको दश समूहले राखेको सुझावहरु प्रस्तुत गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गनिर्देशन सिद्धान्त बनाउँदै २०६२/६३ को आन्दोलन पश्चात् संविधान जारी भएको विषयमा सुझाव संकलन भएको भट्टराईले बताउए । शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा कम्युनिस्ट आन्दोलनको एकता र विभाजनको विषयमा समीक्षा भएको आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने जिम्मेवारी एमालेमा रहेको सुझाव प्राप्त भएको भट्टराईले बताए । 

साथैआगामी निर्वाचनमा बहुमत ल्याउने गरी महत्त्वपूर्ण सुझावहरु आएको र यी सुझावलाई ग्रहण गर्ने उनको भनाई  छ ।  यससँगै पदाधिकारी थप्ने विषयमा पनि प्रस्ताव आएको बताउदै उनले दुई कार्यकालभन्दा बढी पार्टीको नेतृत्वमा रहन नपाउने र ७० वर्षको हदबन्दी विधानमा नै उल्लेख भएको बताए ।