साङ्केतिक तस्बिर:साभार वेब

अवैध लागुऔषधसहित २ यूवक पक्राउ

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र ललितपुर।ललितपुर महानगरपालिका–१०कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।