-अग्‍नि सापकोटा

आजबाटअग्‍नि सापकोटा सभामुख 

Hollywood Khabar January 25,2020 Comments

१२ माघ,काठमाडौं।सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्।आइतबार दिउँसो ३ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकले सभामुखमा कसैको उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध चयन भएको घोषणा गर्दैछ।माघ ७ गते उम्मेदवारीका लागि  निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि रिक्त  सभामुख पद अग्‍नि सापकोटाले पाएका हुन् । सभामुख चयन हुन नसक्दा  पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन'बिजनेस' मा प्रवेश गर्न पाएको छैनभने  संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो। 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकटका हुन्।सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाबाट २०१४ साल फागुन २४ गते जन्मेका सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा र  ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।नेकपा स्थायी समिति सदस्य सापकोटाले  सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका सापकोटा २०५२ सालबाट माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत थिए।