कृष्ण के सी/अमेरिका/४/१२/२०
नेपाली विक्रमाप्दको २०७६ सालको अन्तिम चैत्र मसान्तको दिन आज परेको छ। त्यसैगरी कृष्टियनहरुको बडादिन मानिने इष्टर सण्डे पनि आज नै परेको छ।
एकातिर कोरोना भाइरस रोग अर्थात कोभिड १९ ले विश्वलाइ नै त्राहि त्राहि पारेको छ। संक्रमति र मृत्यू हुनेको संख्या बढेको बढ्यै छ। हुन त निको भएर घर फर्कनेहरु पनि ठूलो संख्यामा छन्। अर्कोतिर मानस समुदायका दैनिकी, चाडपर्व, इत्सव, जमघट, जीवनकर्म, बिबाह, ब्यबसाय लगायत सर्वत्र असर परेको छ।
यस्तै बिचमा आएको छ नेपाली नयाँ बर्ष २०७७ अनि इष्टर सण्डेको बडादिन पनि। इशायीहरुको महान मध्येको पर्व मानिने इष्टर सण्डे यो पटक कोरोनाका कारण अनलाइनबाट मनाइन थालिएको छ। उनीहरुमा चर्चित इष्टर हनटिङ्ग जस्ता कुरा यो पटक घरमा नै सिमित हुने भएका छन्।
यसै सन्दर्भमा पर्न गएको नेपाली नयाँ बर्ष २०७७ को उपलक्षमा सबैलाई हार्दिक शुभकामना ! यो नेपाली नयाँ बर्षले कोरोना र सबैखाले एनजाइटीबाट सबैलाई मुक्ति मिलोस अनि सबैमा खुशी र आनन्द प्राप्त होस-कृष्णार्पण !
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!