अम्बर गुरुङको राजमार्ग सार्वजनिक हुदै

0
shares

by Krishna KC | Updated: 09 Sep 2019

87 views
-अम्बर गुरुङको राजमार्ग सार्वजनिक हुदै

नेपाली राष्ट्रिय गानका संगीतकार तथा नेपाली गीत संगीतका महान श्रस्टा स्व अम्बर गुरुङद्वारा रचित एवं संगीतबद्ध गरिएको राजमार्ग नामक सांगीतिक भिडियो आगामी शनिबार सार्वजनिक हुने भएको छ।

नेपाली सांगेतिक क्षेत्रमा करिब तीन दशक बिताइसकेका वरिष्ठ गायक बशन्त खडकाको सुमधुर स्वरमा सजिएको सो गीतको प्रस्तुतकर्ता गायक स्वयं रहेका छन्। नेपालको पूर्वी क्षेत्रको मनोरम प्राकृतिक स्थानहरुमा छायांकन गरिएको सो भिडियोमा नेपाली नेपाली लोक, आधुनिक तथा चलचित्रमा उत्कृष्ट अभिनय गरेका अभिनेता सुरबीर पण्डित लगायत अनिता बस्नेत र सुवास थापाको जीवन्त अभिनय रहेको अनुमान गर्न सकिन्छ।

नेपाली गीत तथा चलचित्रमा लामो समयदेखि छायांकन र निर्देशन गरेका मधुर बस्नेतको छायांकन र बाबुराजा के सी उज्ज्वलको निर्देशन रहेको सो गीतको स्वर रेकर्ड समिर मानन्धर, ध्वनी संयोजन तथा समिश्रण दिप तुलाधर र सम्पादन नविन घर्तिमगरको रहेको जनाइएको छ। गायक खड्काका अनुसार आगामी शनिबार एक बिशेष कार्यक्रम मार्फत सो सांगेतिक गीति भिडियो श्रोता/दर्शक माझ गरिने भएको छ ।

From our sponsors

लघुकथा परिवर्तन

बिहानै पल्लाघरकी माईली बुहारी सासुससुरालाई धारे हात लगाई लगाई सराप्दै थिईन्।निहुथियो दुध हालेको चिया खान ईच्छा गरेको कुरा ।सासु  महिनौं भईसकेको थियो थला परेको ।घरमा बिहान बेलुका गरेर पाथी दुध दिने गाई थियो तर उनले कहिल्यै एक कप दुध भेट्टाउन्नथिन।खै के मनमा आएर आज बिहानै दुध हालेको चिया खान पाए हुन्थ्यो चनेर के बोली भुईंमा मात्र चुहिएको थियो बुहारीको महापुराण शुरु भयो ।