-मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ

मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ जुलाई २९ मा सान फ्रान्सिस्कोमा आउँदै

Hollywood Khabar July 18,2019 Comments

कृष्ण के सी/अमेरिका/७/१९/१९

मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ जुलाई २९, २०१९ मा सान फ्रान्सिस्कोमा आउने भएकी छिन।

आफ्नो मिस वर्ल्ड यात्राको लागि केहि फण्ड रेज गरेर सामाजिक सेवा गर्नु आफ्नो मापदण्ड र उधेश्य दुवै रहेकोले उनि अमेरिकाका केहि शहरमा पुग्ने भएकी छन्।

सबै भन्दा पहिला उनि स्टेट अफ वासिङ्गटनको सियाटल शहरमा सेभेन समिट फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा सहभागी हुनेछिन। उसो त सो कार्यक्रमसँगै सोहि क्षेत्रका माणिज्यदुत एसी शेर्पालेले आयोजना गरेको पहिलो बिजनेश कन्फरेन्समा समेत अनुस्का सहभागी हुनेछिन।

यसै क्रममा उनि सान फ्रान्सिस्क शहरमा आउने भएकी हुन्। लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपले सो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सपोर्टको लागि आयोजना गरिएको कुरा आयोजक क्लबका अध्यक्ष नारायण सोमनामले जानकारी दिए।

जुलाई २९, सोमबार Yeti Restaurant, 190 Farmers LN, Santa Rosa, CA 95405 मा सांझ ६:०० बजे देखि हुने कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाइ हार्दिक निमन्त्रणा गरिएको छ।

सहयोग स्वरूप प्रति व्यक्ति $१०० र कप्पलको $१५० मा स्वादिस्ट डिनर र केहि पेयको समेत ब्यबस्था गरिएको कुरा आयोजकले जानकारी दिएका छन्। कार्यक्रमलाइ हलिउडखबर लगायत अन्य मिडियाहरुले समेत लाइभ गर्ने भएका छन।