Nepal Army

सर्वसाधारणले नेपाली सेनाकोअस्पतालमा उपचार पाउने

Hollywood Khabar January 19,2017 Comments

शिवरात्रीदेखि सर्वसाधारणले पनि नेपाली सेनाको वीरेन्द्र अस्पतालमा बहिरंग सेवालीन पाउने  भएका  छन् ।अब फागुन १३ गते शिवरात्रीदेखि सर्वसाधारणले दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्म बहिरंग सेवा लिन सक्नेबताइएको छ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच विशिष्ठ व्यक्तिहरुलाई सेनाकै अस्पतालको विशिष्ठ कक्षमा उपचार गर्ने सहमति भए अनुसार उपचारको व्यवस्थालाई छिट्टै कार्यान्वयनमा ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लाहरुमा एनएमए, नेपाली सेना र स्वास्थ्य मन्त्रालय मिलेर सर्जिकल सुविधा सहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने स्वास्थय मन्त्री गगन कुमार थापाले बताउनु भएको छ। यसको लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोगमा ल्याइने सैद्धान्तिक सहमति भएको छ ।