साङ्केतिक तस्बिर:साभार वेब

बढी भाडा लिने ६ ओटा गाडी प्रहरी नियन्त्रणमा

Hollywood Khabar October 05,2019 Comments

२० असोज काठमाण्डौं।दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्व साधारणसँग बढी भाडा लिएका ६ ओटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ।दशैँ मनाउन घर फर्कने यात्रु नठगिउन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उहाँले यस क्रममा बढी भाडा असुल गरेका ६ ओटा गाडीका चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताउनुभयो।मनोमानी रुपमा मोलमलाइ गर्दै बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो।