प्रेस वक्तव्य
केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षतिको घटनाले गैरआवासीय नेपाली संघलाई निकै मर्माहत र स्तब्ध बनाएको छ । अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन हुनु भएकाहरुप्रति यस संघ भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
यस संघ प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनरस्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराउँदछ ।
साथै यस संघ स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई समेत यस दुखद घडीमा आ-आफ्नो स्थानबाट सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछ ।
भूषण घिमिरे
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ
१५ जुलाई २०१९
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!