-राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ५:२ इलेक्ट्रोरल मतले बाइडेन जित्ने संभावना

राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ५:२ इलेक्ट्रोरल मतले बाइडेन जित्ने संभावना

Hollywood Khabar November 03,2020 Comments

कृष्ण के सी, अमेरिका/११/४/२०२०

अमेरिकाको नोवेम्बर ४, २०२० मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम चरणतिर पुगेको छ।

USA Today को प्यासिफिक समय बिहानको ११:०० प्रोजेक्शन अनुसार जो बाइडेनले २ इलेक्ट्रोरल मतले जित्ने अनुमान देखिएको छ। निर्वाचनमा बिजयी हुन् ५३८ इलेक्ट्रोरल मत मध्ये २७० कलेज मत ल्याउनुपर्छ। यो समयको परिणाम हेर्दा जो बाइडेन २ मत ले जित्ने अवस्था देखिएको छ। तर त्यो जित्ने घेरा एकदम साँघुरो छ। हाल बाइडेन २३८ र ट्रम्पको प्रोजेक्शन २१४ रहेको छ।

  • ब्याटल ग्राउण्ड स्टेट नेभाडा (६ मत) मा बाइडेनले १३ हाजर अर्थात १.१% ले लिड गरेका छन्।
  • विस्कनसिन (१० मत) मा लागि बाइडेनले ३८ हजार मत १.२% ले नै लिड गएका छन्।
  • मिसिगन (१६ मत) मा ५८ हजार मत अर्थात १.१% ले नै लिड गरेका छन्

यदि यी मध्ये कुनै एक स्टेट पनि बाइडेनले जितेनन भने उनले चुनाव हार्ने छन। अर्कोतिर दोश्रो ब्याटल ग्राउण्ड स्टेट जर्जिया, नर्थ क्यारोलिना र पेन्सलभेनियामा ट्रम्पको लिडिङ छ।