-Former VP Jo Baiden

बाइडेनको जित निश्चित, उनको पछिल्लो संदेश धेरै गहकिलो, आइतबार सम्म सबै कल हुने

Hollywood Khabar November 06,2020 Comments

कृष्ण के सी, अमेरिका/११/७/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणमा पुगेको छ।

मतपरिणाम आउने क्रम छ नै। हिजो राति पूर्व उपराष्ट्रपति जो बाइडेनले दिएको स्पीच सुन्दा त ओथ लिने बेलामा दिने जस्तै थियो। उनले छोटो स्पीचमा राष्ट्र, नागरिक, मतदाता, विश्वो समुदाय, आफ्नो पार्टी, अर्को पार्टी सबैलाई एड्रेस गर्न भ्याए। उनले प्रष्ट रुपमा गहकिलो रुपले एकता र बलियो अमेरिका बनाउने जोड दिए। उनको बोलिमा एकदम परिपक्व र राष्ट्रपतिले नै दिने खालको थियो।

यसै बीच पब्लिक्ली कल गर्न बाँकी ६ राज्य अलास्का, एरिजोना, जर्जीया, नेभाडा, नर्थ क्यारोलिना र पेन्सल्भेनियामा पनि कलआउट छिट्टै हुने अवस्था छ। एरिजोना त करिब फाइनल जस्तै हो। हाल सम्म बाइडेन-ह्यारिसलाइ २५३ सिट कलआउट भएको छ। बाइडेन ह्यारिस टिमले एरिजोनामा ११ र नेभाडामा ६ जित्ने निश्चित नै जस्तो छ। त्यो जोड्दा २७० हुन्छ। ५३८ इलेक्ट्रोरल कलेज मतमा २७० मत भनेको प्रेसिडेन्सीको लागि काफी मत हो। पेन्सलभेनियामा पनि बाइडेनको घेरा बलियो हुँदै गएको छ। यहाँको २० मत जोड्दा बाइडेन-ह्यारीसको जोडीले २९० मत सम्म पुग्ने अवस्था छ।

उता राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिना जित्छन। उनलाई अब जर्जिया जिते पनि पुग्दैन। त्यसैले उनी क्रश कन्ट्री ल सुटमा दौडिए। तर पनि नतिजा उनको पक्षमा आउने झिनो पनि तुक देखिंदैन।

बाइडेनको पक्षमा जितको लागि पब्लिक र मिडिया कल छिट्टै आएता पनि राष्ट्रिय निर्वाचन आयोगको आधिकारिक नतिजा आउन केहि दिन या हप्ता पनि लाग्न सक्छ। तर पनि अमेरिकन र विश्वो समुदायको कुत्कुती भने आइतबार अबेर या सोमबार बिहान सम्म साम्य हुने भएको अनुमान प्रमुख संचार माध्येमहरुको छ।

***Picture from CNN website