-NRNA VP Dr Badri KC

बैदेशिक रोजगार कोषको ऐन अनुसार श्रमिकहरुलाई निशुल्क स्वदेश लैजानुपर्छ

Hollywood Khabar June 11,2020 Comments

कृष्ण के सी/अमेरिका/६/१२/२०

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीले बैदेशिक रोजगारीमा रहँदा बिचल्लीमा परेका सबैलाई नेपाल सरकारले निशुल्क रुपमा स्वदेश लैजानु पर्ने कुरा बताएका छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा संघको बैदेशिक रोजगारी तथा मानव कल्याणकारी कार्यदलका समेत चेयर पर्शन डा बद्री के सीले नेपाल सरकारको ऐनको ब्यबस्थाको प्रमाण सहित दिएर सो कुरा बताएका छन्। बैदेशिक बैदेशिक रोजगारी कल्याणकारी कोषको संचालन ऐन अनुसार बैदेशिक रोजगारीमा रहँदा बिचल्लीमा परेका सबैलाई सरकारले निशुल्क स्वदेश लैजानु पर्ने ब्यबस्था ऐनमा छ।

  • बैदेशिक रोजगार ऐन २०६४ को दफा ३३, ख मा अङ्गभङ्ग भएको या दफा ७५ अनुसारको अवस्था भएमा क्षेतिपूर्ति दिने, स्वदेश ल्याउने निज भएको खण्डमा निजको परिवारलाइ आर्थिक सपोर्ट गर्नु
  • दफा ७५ को २ अनुसार नेपाली काम गरेको मुलुकमा युद्ध,महामारी, प्राकृतिक विपत्ति परि कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग या श्रम सहचारी फार्फत कामदार फिर्ता गर्ने ब्यबस्था मिलाउने।

तर यो सुविधा जसले बैदेशिक रोगगार ऐन २०६४ अनुसार श्रम स्वीकृत लिएर विदेश गएका छन् उनीहरुको हकमा मात्र लागु हुन्छ।

उपाध्यक्ष के सीलेका अनुसार, देशको अर्थतन्त्रको एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा परेका छन्। उता बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा ६ अरब भन्दा बढी पैसा थान्कियर बसेको छ। उक्त कोषको संचालन ऐनमा उल्लेख भए अनुसार सो रकम बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नुपर्दछ।

गैरआवासीय नेपाली संघले सरकारलाई बुझाएको RELIEF, REPATRIATION and REHABILITATION कार्यारममा सो रकम प्रयोग गरेर राहत तथा उद्दार गर्नुपर्ने माग राखेको थियो। तर नेपाल सरकारले महँगो भाडा तोक्नमै व्यस्त छ हुन पुग्यो।