प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

Hollywood Khabar September 22,2021 Comments

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रतिनिधिसभामा दुई विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए  प्रतिनिधिसभाको अर्का बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।