-खबरदार मलाई बारंबार च्यात्ने प्रयास नगर

खबरदार मलाई बारंबार च्यात्ने प्रयास नगर

Hollywood Khabar November 14,2019 Comments

दिक्षा बस्नेत

खबरदार मलाई बारंबार, च्यात्ने प्रयास नगर !

मलाई मेरा सन्तानबाट, खोस्ने दुस्साहस नगर !!

मेरो सन्तान गौतम बुद्दलाई, कहिले आफ्नो भनी हिड्यौ !

फेरी नाकाबन्दी गरेर हाम्लाई , तर्साउने कोशीश नगर !!

सगरमाथा अटल छ, रारा सलबलाउछिन छातीभरी !

यो सुन्दर संरचना फुटाउने ,कुदृष्टी अब कहिल्यै नगर !!

तिमी यसै बिशाल छौ , आखां किन लाउंछौ मलाई !

सिमा मिची मलाई लुछ्ने,घृणित अतिक्रमण नगर !!

फर्किन्छन ५० लाख आ-प्रबासी,थाप्नलाई छातीमा गोली !

मुलुकमै बसेका कर्मठ पौरखीहरु हो, एक्लो छैनौ यादगर !!

आमाको रक्षा गर्नैपर्छ, कर्तब्य आफ्नो नभुल्नु सन्तान !

सच्याउनै पर्छ भारतले नक्सा , अब दादागिरी बन्द गर !!

लिपुलेख्, कालापानी, कहिले देखी तिम्रो पारेउ !

मेरो अंग अंग चुडेर, अपांग बनाउने कोशीश नगर !!

शिरमा अटल हिमाल्, स्वर्गभुमी,पशुपती छन साथमा !

देशले मागे रगत दिन्छन्, तर झुक्दैनन नेपाली याद गर !!

पुर्वमा कन्चन छिन मेची, पश्चिममा बग्दछिन काली !

तयार छु दुश्म्स्मनसँग लड्न, तर झुकाइने कोशीश नगर !!

गाडियो नेपाली झन्डा लिपुलेखमा, हट्दैनौ अब पछी हेर !

झोखिम नै सही झेल्नु परोस्, भिड्न तयार छौं होस गर !!

जय देश !!!