-नारिप्रतिको नकारात्मक सोच र चिन्तन बिरुद्धको प्रतिक हो भाइटिका

नारिप्रतिको नकारात्मक सोच र चिन्तन बिरुद्धको प्रतिक हो भाइटिका

Hollywood Khabar October 23,2019 Comments

व्यासाचार्य भुवन गुरु/काठमाण्डौ/१०/२३/१९

तिहार भन्ने बित्तिकै हामीहरुमा एक प्रकारको उत्साह र उमङ्ग पैदा भैहाल्छ। पौराणिक इतिहाससित सम्बन्धित यस महान पर्वले निश्चित धर्म र वर्णको मात्रै पक्ष कदापि लिएको छैन। २०२१ शताब्दी आजको आधुनिक युगमा यस पर्वले समाज र नारिवादको आदर्श स्वाभिमानको वकालत गरिरहेको छ।

त्यसकारण यसलाई संकिर्ण सोच र भावनाको घेराभित्र मात्रै सिमित राख्नु हुन्न। यसभित्रको उदारबाद र नारी सम्मान सहितको बिज्ञानबारे आजका नव युवाहरूलाई शिक्षा दिन नितान्त आवस्यक छ।

नारीप्रतिको कुदृस्टी र कुभावनाले गर्दा हाम्रो समाज पतन हुँदै गएको छ। समाजमा घटिरहने घटनाहरु जस्तै अपहरण, बलात्कार, हत्या, यौनधन्दा, वेचबिखन, शारीरिक यातना, श्रम शोषण इत्यादि। यस्ता विकराल विकृति विरुद्धको ज्वलन्त आवाज बोकेको यस भाइटिकाको सबैभन्दा महत्त्वपूर्ण सामाजिक पक्ष रहेको छ।

आफु समानका नारिहरुलाइ दिदीबहिनी सम्झनु, सानालाइ छोराछोरी, ठुलालाई आमा, भाउजू, काकी जस्ता शब्दहरुले सम्मान गरि उनीहरुसीत शास्त्रीय व्यवहार गर्न अभिप्रेरित गरेको छ यस पर्वले। इन्द्रियलोलुप बिषय र वासनाको वशिभुत भै हुने नारीहिंसाप्रति कानुनी रुपमा सचेत गराएको छ यस पर्वले।

दिदीबहिनीहरु नहुनेका लागि धर्म बहिनी बनाएर उनीहरुको हातबाट भाइटिका लगाउने परम्पराले सिङ्गो नारिप्रतिको सम्मान व्यक्त गरेको छ। काग, कुकुर, गाइको पुजा गरिने यस सभ्यताले समग्र प्राणीहरुमा दया करुणा र आत्मीय भावबोध गरि (अहिंसा परमो धर्म) जस्तो बुद्द सिद्धान्तको उच्च कदर गर्न सिकाएको छ यस पर्वले।

गोवर्धन पुजा जस्ता बैज्ञानिक संस्कृतीले नजलवायू परिवर्तनको कारण प्रतिकुल असर भोग्नुपर्ने महामारी अवस्थाको प्रतिकार गर्न सिकाएको छ यस पर्वले। प्रकृति र मानवबिचको सम्बन्ध मजबुत बनाउन सिकएको छ यस पर्वले। यी र यस्ता हज्जारौं बैज्ञानिक महत्त्वले भरिपुर्ण यस पर्व आजको युगमा हरेक जातजाति भाषाभाषी, धर्म संस्कृती, सम्प्रदाय र वर्ण समुदायका मानिसहरुले मनाउन आवस्यकता छ तीहार।