कृष्ण के सी/अमेरिका/७/२४/१९
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३-१६, २०१९ मा आफ्नो ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ।
आगामी कार्यकालको लागि नेतृत्व लिन आकांक्षीहरुको प्रचारले सामान्य रुपमा बजार तात्न थालेको छ। यसै प्रसङ्गमा वर्तमान अध्यक्ष भबन भट्ट आगामी कार्यकालमा पुन: उम्मेदवार नहुने भएका छन। यसबाट उनी उम्मेदवार हुन्छन भन्नेहरुका लागि अब पूर्ण विराम लागेको छ।
अध्यक्ष भट्टले अज्ञात स्थलबाट आफू अर्को कार्यकालमा अध्यक्षको लागि उम्मेदवार नहुने भनि अडियो मार्फत घोषणा गरेर फेसबुकमा पोष्ट गरेका छन्। आफ्नो लामो भूमिका र प्रसङ्गका साथ गरेको उनको यो घोषणाले विश्वभरिका एनआरएनहरुमा एउटा तरंग ल्याएको छ।
अध्यक्ष भट्टले संघमा आफ्नो कार्यकालमा सम्पन्न गरिएका प्रमुख कार्यहरु, बाँकी रहेका कार्यहरुका साथै आफ्ना गुनासा र संघप्रति आफ्नो मायाँ, प्रेम र लगावको कुरा समेत उल्लेख गरेका छन्।
अडियो बक्तब्यको अन्ततिर आएर उनले आफू अर्को कार्यकालमा उम्मेदवार नहुने घोषणा गरेका छन्। साथमा उनले सक्षम व्यक्तिको नेतृत्व चयन गर्न आफू लागि पर्ने कुरा भने उल्लेख गरेका छन्। अध्यक्ष भट्टले कथंकदाचित संस्थालाइ सक्षमा व्यक्ति आएनन या आवश्यकता परेमा साइडको सिटबाट ड्राइभर सिटमा आएर संघ हाँक्ने कुरा समेत बताएका छन्।
अध्यक्ष भट्टको सो घोषणालाइ धेरैतिरबाट स्वागत गरिएको छ भने कतिपयले आफ्नो फेसबुकबाट सो कुरा व्यक्त पनि गरेका छन्। कतिपयलाइ कन्फूजन हटेको छ। कतिपय बिचौलीयाको लागि अब अर्को व्यक्ति मोल्ने मौका पनि भएको छ। तर धेरै व्यक्तिहरुलाई भने यो घोषणाले सकारात्मक संदेश दिएको छ।
अध्यक्ष भट्टको यो घोषणासंगै अर्को महत्वपूर्ण तर्निंङ पोइन्ट भनेको २०१३ पछि नियमित रुपमा हुँदै आएको निर्वाचनको चर्को प्रतिस्पर्धामा कतै सहमतिको बाटो जालाकी भन्ने अपेक्षा गर्न थालिएको छ। अब अध्यक्ष भट्टले त्यसतर्फ पहल गरे भने उनको लागि साच्चिकै अर्थमा सफल उत्तराधिकारी छनोट गर्न सफल एनआरएन नेताको रुपमा मानिने छ।
अध्यक्ष भट्टको बक्तब्य सुन्न तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/bhaban/videos/10214480043895691?s=719500546&sfns=mo
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!