तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाही

सन्दर्भ- नेपाली कांग्रेसको आगामी महाधिवेशन

Hollywood Khabar October 02,2020 Comments

नेपाली कांग्रेसको अगामि महाधिवेशन बाट पार्टिमा आमुल रुपान्तरण को खाचो रहेको छ। पार्टि अब गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बादको राजनिति अन्त्य हुनु पर्छ।
 
अहिलेको युग सुचना र प्रबिधिको युग भयकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भिर ढङगले बुझ्न जरुरी छ।नेपाली कांग्रेस लाइ मजबुत र ससक्त पार्टि बनाउन अब कांग्रेसमा सङगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नितिको मुल मर्म र आदर्समा आधारित मुल्य मान्यता को राजनिति स्थापित हुन अति आबस्यक भैसकेको छ। नेपाली कांग्रेसलाई अब समयको गति सङ दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टि बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भयर लाग्नु पर्छ।
 
नेकपाको अत्याचार र भ्रस्टचारबाट जनता वाक्क भैसकेका छन् । यो सरकार पुर्ण रुपमा असफल भैसक्यो, जनताले नेकपाको बिकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पारा बाट चलेर हुदैन बिगतका कमि कमजोरीहरुलाई सुधारेर अब नयाँ सोच, बिचार, नयाँ उर्जा, कार्यक्रम र नया भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टि बन्न पर्छ।
 
मेरो आफ्नो सन्दर्भमा पनि म नेबिसघको केन्द्रीय उपाध्यक्ष , नेपाल तरुण दलको केन्द्रीय महामन्त्री , २०७० सालमा संविधा सभा सदस्यको उम्मेदवार , २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भैसकेको हुनाले पनि अब मेरो ध्यान पनि पार्टीको मुल राजनितिमा नै केन्द्रीत रहनेछ । नेपाली कांग्रेसको तर्फबाट म दुइ दुइ पटक सांसदको उम्मेदवार भैसकेको नाताले नेपाली कांग्रेसको सङगठनलाई गाउँस्तर सम्म पुगेर वडा वडा, टोल टोल सम्म सङगठन निर्माण र बिस्तार गर्नु पनि मेरो कर्तव्य र जिम्मेवारि रहेको मैले महसुस गरेको छु।
 
म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हु । मलाई कुनै निजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउँको विकास र समाजको परिबर्तन नै मेरो मुख्य उदस्य हो। म कुनै पदको लागि भन्दा पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा म कम्मर कसेर लाग्ने प्रण गर्दछु।अबको दिनमा भादृ सस्थाको राजनिति भन्दा पनि पार्टिकै मुल राजनितिमा होमिने छु।
महासचिव भुपेन्द्रजंग शाही
तरुण दल केन्द्रीय समिति