कृष्ण के सी/अमेरिका/१/२४/२०
अमेरिकी अध्यागमनका लागि वर्तमान ट्रम्प प्रशासनले भिजिट भिसामा परिवर्तन गर्दै गर्ववती महिलालाई दिइने भिसामा नयाँ नीति ल्याएको छ।
जनवरी २४, २०२० मा सार्वजनिक गरिएको भिसा संबन्धि नयाँ नीतिमा गर्ववती महिलाको लागि केहि थप रेस्टिक्शन बढाइएको छ। नीतिमा बर्थ टुरिजमका कारण थुप्रै व्यक्ति अमेरिका आउने गरेको र सन्तान पैदा गरेर अमेरिकी नागरिक बनाउनकै लागि धेरैले त्यसो गर्ने गरेको कुरा समेत बताइएको छ।
अमेरिकाको कानुन अनुसार जन्मका आधारमा जो कोही व्यक्ति र जुनै पनि कानुनी हैसियतका भएता पनि उनीहरुका अमेरिकामा जन्मेका सन्तान अमेरिकी नागरिक हुने ब्यबस्था छ। यसैको फाइदा उठाएर धेरै गर्ववती महिलाहरु अमेरिका आउने गरेको तथ्य उजागर गरिएको छ।
अब भने कन्सुलर अफिसरले आवेदकलाई गर्ववती हो या होइन छुट्याउनु पर्ने भएको छ। तर अफिसरलाई सो कुरा सोझै प्रश्न सोध्ने ब्यबस्था अध्यावधिक ब्यबस्थामा छैन। तर अन्य उपायहरु जस्तै गर्ववती भए-नभएको स्वास्थ्य परिक्षण गराउने ब्यबस्था पनि गर्न भने सक्दछन। बुधबार स्टेट डिपार्टमेन्टले पठाएको, बिहिबार देखि सार्वजनिक भएको सो नीति शुक्रबार अर्थात जनवरी २४, २०२० देखि कार्यान्वयनमा आउने कुरा बताइएको छ।
अब जोही पनि व्यक्ति स्वास्थ्य उपचारको लागि अमेरिका आउने हो भने सो उपचारको लागि आफूसंग शुल्क तिर्न पैसा भएको श्रोत समेत प्रमाणित गर्नुपर्ने छ। एपी समाचार श्रोतका अनुसार सो संबन्धि भिसा अधिकारीलाई थुप्रै र विना अंकुस अधिकार हुनेछ। अध्यावधिक कानुन अनुसार विदेश स्थति कन्सुलर अफिसरले भिसा आवेदक माथि संका लागेमा धेरै खालका परिक्षण गर्ने, प्रश्न गर्ने अनिश्चित अधिकार भने छ।
यति मात्र होइन त्यस्तो खालको फिसा आवेदन गरौन सपोर्ट गर्ने एजेन्सी, झुट बोल्ने आवेदक जस्ता सबैखाले अबरोध र सो खाले कुरा दण्डनीय र अविकृत हुने कारण हुने छन। यो नीतिमा फिस अधिकारीलाइ कोहि पनि महिला गर्ववती हो या होइन कसरी पत्ता लगाउने, सो संबन्धि थुप्रै कुरा अप्ठेरा भने छन्। यदि कोहि महिला ढाँट-छल गरेर अमेरिका आइन र सन्तान पैदा गरिन तर उनले पहिला आफू गर्ववती नभएको कुरा बताएको थियो या झुटा बोलेको थियो भने प्रचलित कानुन अनुसार अमेरिकी अफिसरलाई ढाँटेको कारण दण्डनीय हुनेछ।
भनिए अनुसार यसबाट केहि अमेरिकी कम्पनिहरुले ८० हजार डलर सुत्केरी सुल्क लिने गरेको अनि अमेरिकामा सन्तान जन्माउनेहरुले सो को फाइदा लिने गरेको कुरा उल्लेख गरिएको छ। हाल सम्म कुनै आंकडा नभएता पनि यसरी अमेरिकामा बर्थ टुरिजममा आउने महिलाहरुमा रसियन, चिनीयाँहरु धेरै रहेको कुरा एबिसी न्यूजले बताएको छ। इमिग्रेशन स्टडिज केन्द्रले दिएको एक आंकडा अनुसार सो सङ्ख्या २०१२ मा मात्रै ३६,००० रहेको बताइएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!