-एनआरएनए एनसीसी बोत्स्वानाको निर्वाचन सम्पन्न अध्यक्षमा शान्ती भण्डारी

एनआरएनए एनसीसी बोत्स्वानाको निर्वाचन सम्पन्न अध्यक्षमा शान्ती भण्डारी

Hollywood Khabar July 30,2021 Comments

गबोरोने, बोत्स्वाना, जुलाई ३०, २०२१

दक्षिणी अफ्रिकी भुपेरिवेष्ठित मुलुक बोत्स्वानामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को जुलाई ३० मा सम्पन्न बार्षिक साधारण सभाले शान्ती भण्डारीलाई निर्बिरोध अध्यक्ष चयन गरेको छ।

त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय परिषदको सदस्यमा चुनिनु भएको छ। सर्बसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खडका महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिनु भएको छ।

त्यसैगरी कार्य समिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहनु भएको छ। साधारण सभाको अनुगमनकर्ता पुर्व अध्यक्ष डा बिपी यादव हुनुहुन्थ्यो भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गर्नु भएको थियो।

बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइ रहेको अफ्रीकी देश हो। सन १९६० मा प्रती ब्याक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रती ब्याक्ती आय बार्षिक १८,८२५ डलर छ। खनिज, खानी, पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन।