-अष्ट्रेलियाका कांग्रेसीले मनाए बिपी जयन्ति, बिपीको बिचार आज पनि उत्तिकै सान्दर्भिक

अष्ट्रेलियाका कांग्रेसीले मनाए बिपी जयन्ति, बिपीको बिचार आज पनि उत्तिकै सान्दर्भिक

Hollywood Khabar September 15,2020 Comments

जननायक बिशेश्वर प्रसाद कोईरालाको १०७ औं जन्म जयन्तिमा अष्ट्रेलियाका कांग्रेसीहरुले अनलाईमा कार्यक्रम गरी भब्यरुपमा मनाएका छन । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा बि.पी. लाई सम्झदै कार्यक्रमको आयोजना गरीएको हो । बि.पी. बिचार र अबको राजनिति बिषय राखिएर आयोजना गरीएको सो प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एबम बक्ता नेका केन्द्रिय सदस्य एबम नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, अतिथि एबम बक्ता नेका केन्द्रिय सदस्य एबम पूर्व जनसम्पर्क समन्वय बिभाग प्रमुख अर्जुन जोशी, र अतिथि एबम बक्ता नेपाल बिद्यार्थी संघ अध्यक्ष राजिब ढुङ्गानाले बिपीका बारेमा आफ्ना बिचारहरु राखेका थिए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बालकृष्ण खाँणले बि.पी.को सान्दर्भिकता २००७ सालमा जति थियो आज ७० बर्ष पछि पनि त्यतिकै रहेको बताए । नागरीक स्वतन्त्रता र नागरीक बिचको आर्थीक समानता बिपीले मुख्य अघि बढाएका कुराहरु हुन। बिपीले त्यो बेला देखि नै पहिचानको महत्व बुझ्नु भएको थियो, तराई, मधेश, पहाड, जात जाति, पिछडिएका बर्ग सबैको पहिचानको प्रतिनिधित्व हुने समावेसी राजनीतिको सुरुवात आफैले गर्नु भयो । त्रिबिको स्थापना देखि देशलाई आर्थिक, सामाजिक र राजनीतिक अर्को उचाईमा पुर्याउन थुप्रै नयाँ कार्यको थालनी बिपीले गर्नु भयो।

बिपीका बिचारलाई नेता कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरीजा प्रसाद कोईराला, शेरबहादुर देउवा लगायतका नेताले पनि अनुसरण गर्दै थुप्रै कार्यहरु सम्पन्न गर्नुभएका प्रसस्त उदाहरणहरु छन । जब जब कांग्रेसमा नेताहरु एकआपसमा मिले कांग्रेस नेपाली जनताको भरोषाको पार्टि बनेको हो र आज पनि नेताहरु आपसमा मिल्नुको बिकल्प नरहेको खाँडले बताए ।

खाँडले आफ्ना बिचार राख्ने क्रममाः नेपाली कांग्रेसले गरेका राम्रा कार्यहरुको प्रचार प्रसार सम्म गर्न नसक्नु जनाता माझ बुझाउन नसक्नु आजको कांग्रेसको कमजोरी रहेको स्वीकार्नु भयो । संबिधानमा भएको प्रावधानलाई उल्टाउने उल्लघन गर्ने, अहिलेको सरकार खुलेआम भ्रष्टचार गर्दै हिडेको छ, जनता र किसन प्रति कुनै उत्तरदाई छैन, व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको उहाँले आरोप थियो ।

कार्यक्रमका अतिथि एबम बक्ता नेता अर्जुन जोशिले बिपीको बिचार जनता केन्द्रित थियो जनताले के चाहन्छन त्यसमा आधारीत थियो तसर्थ बिपीका हिजोका बिचार आजपनि उत्तिकै सान्दर्भिक भएको बताए । बिपीकले उद्धार नीति, समावेसी नीति र नेपाली माटो स्वादिलो राजनीतिक सिद्धान्त प्रतिवादन गर्नु भएकाले उहाँ को बिचार आजपनि व्यवहारिक छ । नेपाली कांग्रेसमा 'म' केन्द्रित राजनीति हुन थाल्यो, बिचार र सिद्धान्तको महत्वो बोकेर नेता हिडन छाडे, मलाई केन्दमा राख्ने, म कहाँ रहन्छु, मेरो उपस्थिति कहाँ रहन्छ जस्ता बिचार नेताहरुले छाडनु पर्ने मा जोशीले जोड दिए ।

जनसम्पर्कका साथीहरुले हिजोका दिनदेखि पार्टि र नेपाललाई यति धेरै माया गर्नुहुन्छ चाहे पहिरो जादाहोस या बाढिले नोक्सान पुर्याउदा, कुनै पनि दैबिक प्रकोप र बिपत आपतमा सबै भन्दा पहिला सहयोग जुटाउनु भएकोमा जोशीले खुसि व्यक्त गरे । बिदेशमा बस्ने साथीहरुले कांग्रेस प्रति चासो र माया मात्र हैन खवरदारी पनि गर्नु पर्छ र कांग्रेसलाई सहिबाटोमा हिडाउन प्रयत्न गर्नु पर्नेे जोशिको बिचार रहेको थियो ।

कार्यक्रमका अर्का बक्ता एबम अतिथि बिद्यार्थी नेता राजिब ढुङ्गानाले बिपीका बिचारलाई सिद्धान्तमा मात्र सिमित गर्नु भएन त्यसलाई व्यवहारमा पनि ल्याउन सक्नु पर्छ भन्दै आफना तर्कहरु राखेका थिए । बिपीलाई एक पक्षबाट मात्र व्यख्या गर्दा न्याय संगत हुन सक्दैन, बिपीले नेपाली माटो स्वाहुदिलो राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा नेपाली कांग्रेसको स्थापना गर्नु भयो, त्यसलाई व्याख्या गर्दै परिभाषित गर्दै जनतामाज जानु भयो, जनतालाई उनको आवस्यकता र गर्नुपर्ने कुराहरुको महसुस गराउनु भयो । समानता र पहिचानका लागि लड्नु भयो, नेपाली जनता र राष्ट्रका लागि लडनु भयो र पुरा जिवन जनतामा समर्पण गर्नुभएकाले नै आज उहाँ जननायक हुनुभएको हो । पुँजीबाद र साम्यबादको चर्को नारा चलिरहेको बेला समाजवादको आवस्यकता नेपालले खोजेको हो भन्ने बुझाउन सकेर २ तिहाईको बहुमतको नेका लाई दिलाई प्रथम निर्बाचित नेपालको प्रधानमन्त्रि बन्नुभएको ढुङ्गानाले प्रष्ट्याए ।

कम्न्यूष्टले नेपाली जनतालाई धोका मात्र दिए, समाजबादको नारा लगाएर जनातमा गए, मत पाएर सरकार बनाएपछि देशलाई कम्न्यूष्टीकरण गर्न आज खोजेको ढुङ्गानाले आरोप लगाउदै नेपाली कांग्रेसले सहिबाटोमा ल्याउन जनतामाझ पुग्नु आवस्यक रहेको बताए ।

बिषय बस्तुमा आधारीत भइ नेताहरुले बिपीका बारेमा सान्दर्भिक बिचारहरु राखिदिएर सबैलाई प्रशिक्षित गराईदिएकोमा कार्यक्रमका अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले प्रशंसा गर्दै धन्यबाद व्यक्त गरेका थिए । कार्यक्रममा नेका आमन्त्रित केन्द्रिय सदस्य एबम जनसम्पर्क समिति अमेरिका का अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति बेलायतका अध्यक्ष यूवराज गुरुङ, नेका सुचना तथा संचार बिभाग सदस्य एबम जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष नारायण सुवेदि, जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष एबम युरोप जनसम्पर्कका महासचिब गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष सुरेश गुरुङ, राज्यसमितिका संयोजकहरु अभिमानिसिंह बस्नेत (क्वीन्सलेण्ड), सितल गिरी (एनएसडब्लु), मनिसा अर्याल उप्रेति (भिक्टोरीया), नील थपालीया (डब्लुए), प्रमोद सापकोटा टेक (ताजमानिया), संस्थाका अग्रजहरु प्रेम सापकोटा, ड. कृष्ण हमाल, डा. डिल्लि बन्जाडे लगायतले बिपीका बारेमा आफ्ना बिचारहरु राखेका थिए ।

संस्थाको राज्य समिति साउथ अष्ट्रेलिया संयोजक दिलिप कुमार पोखरेलले संचालन एबम सहजकर्ता गरेको सो कार्यक्रममा जनसम्पर्क समिति न्यूजिलेण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, जनसम्पर्क समिति अष्ट्रेलियाका रोहित खड्का, राजेश केसी, गणेश केसी, निरज श्रेष्ठ, राज कुमार अधिकारी, कुसल केसी, नागेन्द्र अधिकारी, राजिब नर्सिह केसी, सुर्य गौतम, इन्द्र न्यौपाने, रुपक मैनाली, अरुण कुमार ठाकुर, सरोज पाण्डे, अर्जुन केसी, नारायण कोईराला, बिशाल पोखरेल, प्रकास प्रजापति, नेत्र पौडेल, भूपेन केसी लगायत देश बिदेशबाट सहभागिता जनाएका थिए । आइतबार १३ सेप्टेम्बर २०२० सिडनी समय १२ बजे देखि ३ बजे सम्म सो कार्यक्रम जुम अनलाईन बाट संचालन गरीएको थियो ।