पीपलमणि सिग्देल
बुद्ध ! तिम्रै घरमा
तिम्रै ज्ञानको उद्गमस्थलमा
फेरि अर्की चेलीको सिन्दुर पुछियो
समाचार छापियो बलात्कारको
अर्को सिद्धार्थ टुहुरो भयो,
कठै,
वस्तीमा आगो सल्कियो
मंगलसेन र खारा जल्यो
रगत बग्यो मेची र कोशीमा
मान्छे जले, घर जले, बस जले
सबै कुरुक्षेत्र बन्यो !
फेरि पोतियो मानवता रगतले
एकता र सदभावमा
गन्ध आयो बारुदको
मान्छेले मान्छेलाई मान्छे गनेन
द्वन्द्वको वृक्ष झाँगियो
बुद्ध ! तिम्रो बोधिवृक्षको परेवाले गुँड सा¥यो
तिम्रै आँगनमा सीतालाई नङ्ग्याइयो
आज पनि एकाबिहानै भृकुटीको अस्मिता लुटियो
एउटा भुत्ल्याउँछ, अर्को चिथोर्छ स्वाभिमान
बुद्ध, यतिखेर पनि तिम्रो आँखाबाट आँसु झरेन ?
आफैं आफ्नै छोरीलाई बेच्न
मुम्बईको कोठीतिर
रक्सौल र भैरहवाको बाटो लाग्दा
रोक्न सकेन सत्याताले÷पञ्चशीलले
कुरुसभाको भिष्मपितामहझैं
तिम्रो मानवताको यो कस्तो बलात्कार ?
वामियानमा मूर्ति ढल्दा
शान्तिको खिल्ली उडाउँदा,
सत्य, प्रेम र करुणाको अवसानमा
बुद्ध ! मैले तिमीमाथि नै बलात्कार भएको देखेंँ ।
छाती चहरायो
मौन बसेर
म यो भित्रको ज्वालामुखी कति थाम्न सक्छु ?
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!