-गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका उपाध्यक्ष बुद्दि सागर सुवेदी

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

Hollywood Khabar February 27,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी २७, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका उपाध्यक्ष बुद्दि सागर सुवेदीले २०२१–२०२३ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको विन्सकन्सिन राज्य च्याप्टरको अध्यक्ष हुँदै २०१७ मा नेतृत्वमा प्रवेश गर्नु भएका उपाध्क्ष सुवेदी २०१९ मा केन्द्रिय उपाध्यक्षमा बिजयी हुनुभएको थियो। उपाध्क्ष सुवेदीले फेब्रवरी २७, २०२१ मा एक फरक खालको र विल्कुलै नयाँ किसिमले जुम हलबाट आफ्नो अध्यक्ष पटका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो।

जुम र्यालीको आयोजना गरेर घोषणा गरिएको सो कार्यक्रम परंपरागत भन्दा फरक थियो। अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) का अध्यक्ष गुणराज लुइटेल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव किरण मरहट्टा र दर्जनौ सचारकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाइ उपाध्यक्ष सुवेदीको होम स्टेट विस्कन्सिन राज्य च्याप्टरका अध्यक्ष टुक प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न यो घोषणा कार्यक्रम सोहि च्याप्टरकी सदस्य तथा एनआरएनए एनसिसि अमेरिकाको मिडिया कमिटि सहसंयोजक सरस्वति-सरु शर्माले संचालन गर्नुभएको थियो।

च्याप्टर अध्यक्ष रेग्मीले उपाध्क्ष सुवेदीलाइ अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गर्नु भएकोथियो। त्यसैगरी उपाध्क्ष सुवेदीलाइ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदक पूर्व उपाध्यक्ष डा श्याम कार्कीले परिचय गराउनु भयो। त्यसपछि उपाध्क्ष सुवेदीको जीवनको छोटो बायोग्राफी उहाँका नजिकबाट चिन्न लाल काफ्लेले पढेर सुनाउनु भयो।

लगत्यै उपाध्क्ष सुवेदीले गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका २०२१-२०२३ कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो। आफ्ना कार्यकालमा गरिने महत्वपूर्ण योजनाको हाइलाइट दिनुभयो। त्यसको लगत्यै एनसीसी अमेरिकाका उपाध्यक्ष सर्बग्य वाग्लेले उपाध्क्ष सुवेदीको उम्मेदवारीको समर्थन मन्तब्य दिनुभयो।

अन्तमा, पत्रकार र संचारकर्मीहरुको लागि फ्लोर संचालक गर्न कृष्ण के सी (म आफू) र सतिस चापागाईंलाइ अनुरोध गरियो। पत्रकार तथा संचारकर्मीहरुले केहि प्रशं उठाए त्यसको एकमुष्ठ रुपमा जवाफ दिएपछि कार्यक्रम समापन गरियो।

कार्यक्रममा जुम हल फुल थियो, केहि व्यक्ति वेटिङ्ग रुममा थिए। संघ संस्था, एनसीसी अमेरिकाक अपदाधिकारी, गैरआवासीय नेपाली संघका विभिन्न तप्काका ब्यक्ति लगायत उपथित थिए। कार्यक्रमलाइ अमेरिका, बेलायत, स्पेन, नेपाल लगायतका मिडियाहरुले लाइभ गरेका थिए।

फेसबुक लाइभ हेर्न यो लिंक क्लिक गर्नुहोस:

https://fb.watch/3XwTmf4Hnt/