२०७५ फाल्गुन १५ गते तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जानु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवीको दर्शन गरी काठमाण्डौँ फिर्ता हुने क्रममा उहाँहरु सवार एयर डाईनेस्टिक हेलिकोप्टर दुर्घटना भएको थियो।
दुर्घटना पश्चात हेलिकोप्टरको खोज तथा उद्धारका लागि खट्टिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौषममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै प्रधानसेनापति प्रशंसा निशान (COAS COMMANDATION BADGE) प्रदान गरिएको छ ।
उक्त निशान प्राप्त गर्नुहुने मध्ये उपत्यका भित्रका युनिटहरुमा कार्यरत अधिकृत, पदिक तथा अन्यदर्जा गरी १६ जनालाई आज मिति २०७५ फाल्गुन १७ गते सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आयोजित एक समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रधानसेनापति प्रशंसा निशान (COAS COMMANDATION BADGE) प्रदान गर्नु भएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!