https://www.youtube.com/embed/Ly3KbRr_-Ho

नेपाली फिल्म चि मुसी चि

नेपाली फिल्म चि मुसी चिको प्रदर्शन डिसेम्बर ११, सान फ्रान्सिस्कोमा

Hollywood Khabar December 09,2018 Comments

नेपाली फिल्म चि मुसी चि को प्रदर्शन अमेरिकाको क्यलिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरबाट हुने भएको छ।

सफल निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेको चि मुसी चि को पहिलो शो यही डिसेम्बर ११ (मंगलवार) अल्बानीको ल्यान्डमार्क थेटर, 1115 Solano Ave, Albany मा हुने भएको छ। हाल सम्म प्रदर्शन भएका नेपाली फिल्म मध्ये सान फ्रान्सिस्को क्षेत्रमा यती धेरै आर्थिक सहयोग अरु कुनै पनि नेपाली फिल्मले पाएको थिएन।

यस फिल्मलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङले निर्माण गरेका हुन्। फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्।

फिल्मबाट नै नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले डेब्यु गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबालगायतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।