क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर महाधिवेशन गर्न पौडेल पक्षको सुझाव

क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर महाधिवेशन गर्न पौडेल पक्षको सुझाव

Hollywood Khabar August 09,2021 Comments


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर भदौभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिएको छ । बैठकले त्यो सम्भव नभए मात्र विशेष महाधिवेशन जान सुझाव दिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । 

बैठकले महाधिवेशनलाई विधान र संविधानले मात्र वैधानिकता दिनसक्ने निष्कर्ष निकालेको उनले बताए । उनका अनुसार जिल्ला सभापतिहरूको बैठकमा ३८ जना उपस्थित भएका थिए भने १७ जना भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।