१० माघ, काठमाडौं ।चीनमा कोरोना भाइरसबाट २५ जनाको ज्यान गएको छ भने१७७ जना गम्भीर बिरामी भएका छन्।कोरोना भाइरसका कारण यसअघि १९ को मृत्यु भएको थियो ।कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।संक्रमणबाट जोगिन चीनको संक्रमित क्षेत्रमा मास्क अनिवार्य गरिएको छ ।कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका चीनको नेसनल हेल्थ कमिसनले जनाएको छ।कोरोना भाइरसबाट ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!