-कोभिड १९ नोवेम्बर ३:युरोप र अमेरिका संगै नेपालमा पनि कोरोना महामारी बढ्दो

कोभिड १९ नोवेम्बर ३:युरोप र अमेरिका संगै नेपालमा पनि कोरोना महामारी बढ्दो

Hollywood Khabar November 02,2020 Comments

हलिउडखबर, अमेरिका/११/३/२०

नोवेम्बर ३, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ३१ हजार ५ सय ६६ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ९२ लाख ९३ हजार ५ सय ८९ जना पुगेका छन्।

नेपालमा हाल सम्म १००४ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेका छन्। नेपालको मृत्यू दर प्रतिदिन बढ्दो रुपमा गएको छ।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ६९ लाख ९७ हजार ३ सय २० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १२ लाख ८ हजार २ सय २४ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।