-कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ५० हजार, नेपालमा १२७६ को मृत्यू

कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ५० हजार, नेपालमा १२७६ को मृत्यू

Hollywood Khabar November 18,2020 Comments

हलिउडखबर, अमेरिका/११/१९ /२०

नोवेम्बर १९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ५० हजार ५ सय ७९ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या १ करोड १५ लाख ३१ हजार ७ सय ४३ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार २ सय ७६ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या बढेर २ लाख १४ हजार २० जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ५ करोड ६४ लाख ७ हजार २० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १३ लाख ५२ हजार ३ सय ३८ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।