-अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर १८, मृत्यू हुनेहरुको संख्या २ लाख पुग्न लाग्यो

अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर १८, मृत्यू हुनेहरुको संख्या २ लाख पुग्न लाग्यो

Hollywood Khabar September 17,2020 Comments

हलिउडखबर/अमेरिका/९/१८/२०

सेप्टेम्बर १८, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,९७,६५५ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ६६,७६,४१० जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३,२०,११,६८० जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ९,४६,७१० जना पुगेको रिपोर्ट JHU ले दिएको छ।