-कोभिड १९ भ्याक्सिनको परिक्षण चरण सफल, जनवरी २०२१ सम्म बजारमा आउने

कोभिड १९ भ्याक्सिनको परिक्षण चरण सफल, जनवरी २०२१ सम्म बजारमा आउने

Hollywood Khabar May 17,2020 Comments

कृष्ण के सी/अमेरिका/५/१८/२०

अमेरिकी बैज्ञानिकहरुले सुरु गरेको कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को भ्याक्सिन ८ जना स्वयंसेवकहरुमा गरको थियो। उनीहरु सबैमा सो परिक्षणको नतिजा सफल भएको पाइएको छ।

कोभिड १९ को भ्याक्सिनको अनुसन्धान गर्दै गरेको बायो टेक कम्पनिका बैज्ञानिकका अनुसार ८ जना व्यक्तिहरुमा भ्याक्सिन परिक्षण गरिएको थियो। त्यसको नतिजा सकारात्मक आएको छ। यो कम्पनीले National Institutes of Health संग साझेदारीमा कोभिड १९ को भ्याक्सिन अनुसन्धानको काम गर्दै आएको छ। सो अनुसन्धानका Dr Tal Zaks ले जनवरी २०२१ को पूर्वार्धसम्म भ्याक्सिन तयार हुने कुरा CNN लाइ दिएको अन्तरबार्तामा बताएका छन्।

अनुसन्धानमा संलग्न भ्याक्सिनका बैज्ञानिकले बताए अनुसार, सामान्यतया भाइरस र अन्य भ्याक्सिनको तयारी गर्न २ बर्ष भन्दा बढी समय लाग्छ। पहिचान, फर्मुला र त्यसको विभिन्न चरण पार गर्दै ल्याबको टेष्ट सकेपछि पहिलो चरणमा सुरक्षाको परिक्षण गरिन्छ। अर्थात त्यो भ्याक्सिन सुरक्षित छ या छैन, उधेश्य अनुरुप काम गर्छ या गर्दैन भन्ने टेष्ट गर्ने हो। यो पहिलो पटक कोभिड १९ को भ्याक्सिन ८ जना स्वयंसेवकमा गरियो। त्यसले व्यक्तिहरुको शरीरमा एंन्टाइबडी तयार गर्न सफल भएको छ।

दोश्रो चरणमा त्यसको आवश्यक डोजको अनुसन्धान गरिन्छ। तेश्रो चरणमा भ्याक्सिनको प्रोसिड्यूयर्सको अनुसन्धान गरिन्छ। ठूलो संख्यामा विभिन्न उमेर, फरक-फरक प्रकृतिका मानिसहरुमा परिक्ष गरिन्छ। त्यो सबै परिक्षण तयार भएपछि उत्पादन गर्न स्वीकृतिको लागि निवेदन गरिन्छ। स्वीकृति पछि उत्पादन हुन्छ र बजारमा आउँछ।

अबको चरणमा यो अनुसन्धान ३० हजार मानिसमा परिक्षण गर्ने योजना छ। त्यो सबैको सफल परिक्षण सकेपछि, सबै कुरा सफल भयो भने जनवरी २०२१ सम्म भ्याक्सिन उत्पादनको अनुमतिको चरणमा पुग्छ। यो पटक कोभिड १९ को भ्याक्सि हजार होइन लाखौँमा उत्पादन गर्नुपर्ने हुन्छ। त्यो उत्पादन पुरा गर्न २०२१ को समर लाग्न सक्छ। यो कुरा कोभिड १९ का अमेरिकी बैज्ञानिक Dr Tal Zaks ले सिएनएनसंगको कुराकानीमा बताएका हुन्।

सिएनएनका अनुसार विश्वमा ८ वटा अनुसन्धान केन्द्रमा कोभिड १९ संबन्धि भ्याक्सिनबारे अनुसन्धान हुँदैछ। त्यसमध्ये तीनवटा अमेरिकाका नै केन्द हुन्। एउटा बेलायतको अक्फोर्ड बिश्वबिधालयमा हुँदैछ भने चारवटा चाहिं चाइनामा हुन्दैछन।

अनुसन्धान गरिएका ८ जनामा सबैको शरीरमा एन्टाइबडी बिकाश भएको बताइएको छ। उनीहरुको शरीरमा कोरोना भाइरसबाट निको भएका बिरामीहरुको शरीरमा जस्तै तहको भाइरस पाइएको कुरा कम्पनीको रिपोर्टमा उल्लेख छ। यसरी बनेको एन्टाइबडीले कोरोना भाइरसले मानव शरिरको सेलमाथि आक्रमण गर्नबाट असफल गराउँछ। रिपोर्टमा एन्टाइबडीले इम्म्यून सिष्टममा कसरी रेस्पन्स गर्छ त्यो पनि प्रस्तुत गरिएको थियो, CNN ले उल्लेख गरेको छ।