-नेकपाको टाउनहलमा दुइ पाइलटी सोफा राखियो र हटाइयो

नेकपाको टाउनहलमा दुइ पाइलटी सोफा राखियो र हटाइयो

Hollywood Khabar June 25,2020 Comments

हलिउडखबर/काठमाण्डौ/६/२६/२०

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को टाउनहलबाट एमालेवाला अध्यक्ष ओली र माओबादीवाला अध्यक्षको लागि राखिएक सोफा हटाइएको छ।

सट्टारुढ दल नेकपाको स्थायी कमिटी बैठक चलिरहेको छ। यस पहिला नभएको तर यो पटक दुई अध्यक्षका लागि राखिएको दुइपाइलटी सोफा अन्तत बिरोधका कारण हटाइएको छ। बैठकमा प्रथम अध्यक्ष केपी शर्मा ओली र दोश्रा अध्यक्ष पुष्पकमल दाहालका लागि मञ्चमा सोफा राखिएको थियो र बाँकी सबैका लागि कुर्सीको व्यवस्था थियो।

कान्तिपुरका अनुसार दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए। उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए। त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईयो। त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था भएको थियो।