दशैँ तिहारलाई काठमाण्डाैमा ६० हजार खसीबोका ल्याइँदै

Hollywood Khabar September 24,2021 Comments

दशैँ तिहारलाई लक्षित गरेर यसवर्ष काठमाण्डौ उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ । काठमाण्डौ उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने जनाएको छ । एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जानकारी दिनुभयो ।

घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपैयाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।