-NRNA:एनआरएनएको प्रवक्तामा डिबी क्षेत्री मनोनित गर्ने निर्णय

NRNA:एनआरएनएको प्रवक्तामा डिबी क्षेत्री मनोनित गर्ने निर्णय

Hollywood Khabar November 05,2019 Comments

कृष्ण के सी/अमेरिका/११/६/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको (एनआरएनए आइसीसी) को प्रवक्तामा डिबी क्षेत्री मनोनित गर्ने कुरा निर्णय भएको छ।

कुनै पनि सँस्थाको प्रवक्ता सँस्थाको अध्यक्षले आफूलाई काम गर्न सहज हुने तरिकाले मनोनयन गर्ने चलन छ। एनआरएनएमा पनि यो परंपरा कायम नै छ। त्यसका पनि केहि मापदण्ड भने छन्। मनोनित हुने व्यक्ति संघको पंजीकृत सदस्य हुनुपर्नेछ। यसबाहेक व्यक्ति संघको अभियन्ता हुनुपर्ने कुरालाइ अन्य योग्यताको रुपमा हेरिन्छ।

गैरआवासीय नेपाली संघका अध्यक्षले यो पटक निवर्तमान सचिव डिबी क्षेत्रीलाइ प्रवक्तामा मनोनयन गर्नको लागि गरेको प्रस्ताव पदाधिकारी (आइइएस) को बैठकबाट पारित भएको छ। यस अघि बसेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बैठकले प्रवक्ताको मनोनयन पदाधिकारीको बैठकले निर्णय गर्नेगरी अधिकार दिएको थियो।

नोवेम्बर ६, २०१९ मा भएको बैठकको निर्णय आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी नै छ। त्यसो भएता पनि डिबी क्षेत्रीले आफू प्रवक्तामा मनोनित हुने निर्यण भएको खबर पक्का भएको कुरा हलिउडखबरसँगको कुराकानीमा बताएका हुन्। यसका साथै क्षेत्रीले आगामी दिनमा पत्रकार, संचारकर्मी र संघबीच मिलेर जान सबैको सहयोग हुने कुरामा आफू विश्वस्त रहेको कुरा पनि बताए।