-देउबा मान्दै नमान्ने पौडेल छोड्दै नछोड्ने, आइतबार देखि वारपार सुरु हुने

देउबा मान्दै नमान्ने पौडेल छोड्दै नछोड्ने, आइतबार देखि वारपार सुरु हुने

Hollywood Khabar September 26,2020 Comments

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फाल्गुनमा हुने तिथिमिति छ।त्यसैलाई निशाना बनाएर सभापति शेर बहादुर देउबाले गत ४ वर्ष पहिला गर्नुपर्ने काम एकछत्र रुपमा पार्टीमा अहिले गर्दैछन।

बिधि र संसारलाइ नमान्ने सभापति देउबाले रामचन्द्र पौडेल र इतर पक्षलाइ मान्लान त्यो चाहिँ कठिन छ। त्यसैले गर्दा सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन गरेको कुरा सच्याउनको लागि आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र देउबाका विपक्षीहरुको बसुन्धरामा एक बैठक बसेको र देउबाको पछिल्लो सबै निर्णय असोज १९ गतेभित्र सच्याउन अल्टिमेट दिने निष्कर्ष निकालेको बताइन्छ। अन्यथा धर्ना, अनशनसहित अन्य वैधानिक कदमहरू अघि बढाउने देउबा इतर पक्षको योजना भएको छ।

सेप्टेम्बर २७, २०२० आइतबार केन्द्रीय कार्यालयमा बिरोध तथा अल्टिमेटम पत्र दर्ता गराउने निर्णय भएको बताइन्छ। अर्को चरणमा चाहिँ महामन्त्री डा शशांक कोइरालाले पार्टीका सबै निकायलाई पत्र लेखेर सभापतिको निर्णय वैधानिक नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन जारि गर्ने, महामन्त्रीले समानान्तररुपमा क्रियाशील सदस्यता वितरण गर्ने सम्मको योजना गरिएको छ।

नेपाली काँग्रेसको वर्तमान बिधान अनुसार पार्टीका सभापति र महामन्त्री दुबैले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार दिएको छ। यति मात्र होइन पार्टी प्रवेस गरेकालाई त सबै तहमा पद समेत सृजना गरेर दिन सकिने ब्यबस्था छ। बिधानत नेपाली काँग्रेसको अहिलेको कार्यकाल सकिको छ। त्यसमाथि पनि महाधिवेशनको मिति समेत निर्णय भएको अवस्थामा बनाइएका बिभाग र संगठन बिस्तारको बैधानिकता हुँदैन भन्ने जिकिर अर्को पक्षको छ।