-शैलेश कार्की

दरबारमार्गमा सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद

Hollywood Khabar November 12,2019 Comments

२७,कार्तिक,काठमाडौं।काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा डेढ वर्षअघि भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाएको छ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित भनिएकी युवतीका प्रेमी शैलेश कार्कीले  पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । पीडित भनिएकी युवतीका प्रेमी कार्की सहित् काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतममाथि सामूहिक बलात्कारको अभियोग लागेको थियो।अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ ।