राजन कुइकेल, काठमाण्डौ/१०/३१/२०
नेपाली काँग्रेसले उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, ओसियानीय, एशिया र मध्यपूर्व समेत सातै माहादेशको निर्वाचनको कुरा गर्छ। अझै भनौं आफूलाई सधैंजसो नेताहरुले दिएको उदाहरण सुनेर कति त कण्ठ नै भएका छन्। जब आफ्नो पार्टीको महाधिवेशनकाे कुरा आउँछ तब हजार वहानाको रबर तन्किन सुरु हुन्छ पार्टीमा। महाधिवेसहन भनेपछि बहाना देखाउँदै काट्न लागेकाे खसीले झै मुन्टाे बटार्छ। यो अहिलेको मात्र होइन पुस्तौनी रोग हो नेपाली काँग्रेसको।
अमेरिकाको निर्वाचनको उदाहरण दिने नेताले १९६१ मा जन्मेका बाराक ओबामा ४७ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति भएको उदाहरण दिन चाहिँ किन भुल्छन ? युरोपको कुरा गर्नेले १९८५ मा जन्मेकी फिनल्याण्डकी साने मिरेला मारिन ३४ बर्ष १ महिना २५ दिनको उमेरमा गत डिसेम्बर १०, २०१९ मा फिनल्याण्डको प्रधानमन्त्री भएकी छन्।
त्यो भन्दा पनि पहिला उनि २०१५ मा सांसद हुँदा ३० बर्षकी थिइन्। तर विडंवना नेपाली काँग्रेस पार्टीमा सभापति नभएका सबैलाई ६५/७० बर्षका पुगे पनि युवा नेता भन्ने चलन छ।
अब १४ औं महाधिवेशनको कुरा पनि दुइ बहानाले दुइपटक सरेको छ। अब तेश्रो पटक झन गतिलो बैधानिक र संसारको लागि उपयुक्त बहाना काेराेनाकाे महामारी आएको छ। यो भन्दा युइपयुक्त बहाना काँग्रेसको लागि अर्को हुनै सक्दैन। उसै पनि कार्यसमितिकाे चार वर्षे कार्यकाललाई जबरजस्ती साढे पाँच वर्ष पुर्याउँदा पनि दुनियाँका अघिल्तिर उही घनघाेर प्रजातन्त्रवादी कहलाउँछ यो पार्टी। उसो त पार्टीलाई के थाहा अधिवेशन कहिले गर्ने भनरे। पार्टी बोले पो, यो त घर जस्तो नै हो जुन रंङ लगाए पनि थोरै घरेले यो रंङ नलगा भन्छ र ?
अहिलेकै कुरा गर्दा पनि कार्यसमितिको बैठक गर्दैन, छ महिनामा सक्नु पर्ने काम अर्काे अवधिकाे महाधिवेशन शुरू भएपछि थाल्छ। विधानले नचिन्ने पदाधिकारी वा कथित शिर्ष नेताका चिया-सिया गफमा पार्टी र मुलुकका अहं निर्णय ठाेक्छ। पारदर्शिता शून्य, ब्रिफकेश, चाकरी, अतिरिक्त सांस्कृतिक मनाेरञ्जनका आधारमा सांसद टिकट र समानुपातिक उम्मेदवारी ताेक्छ। उसै पनि पंचायत कालमा जिल्ला पंचायतको सभापति जितेको चितौन जस्तो ठाउँ किन हो कुनी दुर्गाभेटी चढाउनु नै परेको छ।
भविष्यको कुरा त छलफलको बिषय नै भएको छैन। गतिबिधि शून्य, नागरिकका पीडा र समस्या माथि बहस हुँदैनन। हुक्के-बैठकेकाे स्वार्थपूर्तिका खातिर पार्टीलाई सत्ताधारीकाे चरणमा लम्पसार पार्छ। शैयामा १८ घण्टा आराम लायकहरू २४ घण्टा संघर्ष गर्नु पर्ने प्रमुख प्रतिपक्ष पार्टीको नेतृत्वका लागि अघिसर्छन्। जदाैं दाई भन्दै प्रदक्षिणा गर्नेहरूले नै काँग्रेसलाई फेरि मृत्यु शैयामा सुताउँछन्।
तरिका यस्तै हो भने एक दिन काँग्रेसी नेता कार्यकर्ताबाट नै सुधारहीन कांग्रेस लाेकतन्त्रकै अभिशाप हो भनेर बोल्ने बेला पनि नआउल भन्न सकिन्न। अबश्य पनि पार्टी नेतृत्वलाइ गाली गरेर यो समाधान हुँदैन। तर पनि पार्टीको बिधानको केहि संरचना फेरेर केहि त गर्न सकिन्छ। केहि सिट केन्द्रमा युवालाइ छुट्याउन सकिन्छ जसले गर्दा बुढोलाइ पनि युवा नेता भन्न नपरोस। राजनीति सत्तामा पुग्न नै गर्ने हो भिखारी हुन होइन। तर पनि एउटा आदर्श लिएको भए बाटो र शक्ति फरक हुने थियो। भोलि यो दिन नहोस कि बिहारको उदाहरण दिने हाम्रा नेताले हालको भारतको पत्ता साफ भएको काँग्रेस आइको पनि उदाहरण दिन सकुन।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!