-निर्वाचन आयोगका प्रमुख बिश्वो बराल

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

Hollywood Khabar May 08,2021 Comments

कृष्ण के सी, अमेरिका, मे ८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले आज २०२१-२०२३ कार्यकालका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।

निर्वाचन आयोगका प्रमुख बिश्वो बरालले दिएको जानकारी अनुसार यो पटक अन्तराष्ट्रिय परिषद सदस्य ९ जनाको लागि २१ जना प्रतिस्पर्धी रहेका छन। राष्ट्रिय समन्वय परिषदको लागि १०४ जना र राज्य च्याप्टरमा २८७ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्।

आयोगको पहिलो लिष्टमा ४२५ जना उम्मेदवारहरु थिए। अध्यक्षका १ जना उम्मेदवार साल लाम्सलको उम्मेदवारी दावी परेकाले रद्द गरियो। दोश्रो लिष्टमा ४२४ जना उम्मेदवारहरु थिए। त्यसमा १२ जनाले उम्मेदवारी फिर्ता लिए र अब यो अन्तिम लिष्टमा मैदानमा ४१२ जना उम्मेदवरहरु बाँकी रहेका छन्। ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भएका छन् भने २६८ जनाको लागि निर्वाचन हुनेछ।

अमेरिकाका ५० राज्यमा १०० या त्यो भन्दा माथि पन्जिकृत सदस्य भएपछि राज्य च्याप्टर बन्ने बैधानिक ब्यबस्था छ। यो पटक अमेरिकाको पंजीकृत सदस्य मध्ये मतदाता २०,१३९ जना छन्। अमेरकाका ५० राज्य मध्ये २९ राज्यमा राज्य च्याप्टर नेतृत्व बन्ने भएको छ। त्यसमा २० राज्य च्याप्टर निर्बिरोध भएका छन्। चुनाव हुने ९ राज्य च्याप्टरहरुमा क्रमश: क्यालिफोर्निया, कोलोराडो, न्यूयोर्क, मासाचुसेट्स, मेरिल्याण्ड, नर्थ क्यारोलिना, पेन्सलभेनिया, टेक्सस र केन्टकी रहेका छन्।

९ राज्य च्याप्टर मध्ये पनि ५ राज्यमा पुरै सेटको निर्वाचन हुनेछ भने ४ राज्यमा केहि पदका लागि मात्र निर्वाचन हुने भएको छ। आंशिक निर्वाचन हुने राज्यहरुमा न्यूयोर्क, मासाचुसेट्स, मेरिल्याण्ड र नर्थ क्यारोलिना राज्य च्याप्टर रहेका छन्।

निर्वाचन आयोगको सूचना:

https://www.nrnusa.org/media/election_document/Notice-17-Notice_on_Final_Candidate_list_publication.pdf

 

उम्मेदवारहरुको नामावली हार्नको लागि यो तलको लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Final_Candidate_List_-_Final-Publish.pdf

सूचना:

NRNA NCC USA Election Candidates’ Debate & Interaction Program 2021

  1. Board of Directors (BOD) Candidates’ Interaction Program- MAY 10, 2021 Monday, 7:30 EST
  2. General Secretary, Secretary, Treasurer, Jt. Treasurer, Women Coordinator, Youth Coordinator Candidates’ Interaction Program- May 12, 2021, Wednesday 7:30 PM EST
  3. Sr. Vice President, Vice President Candidates’ Interaction Program-May 13, Thursday 7:30 PM EST
  4. ICC Member Candidates’ Interaction Program- May 17, Monday 8:30 PM EST
  5. President Candidates’ Debate & Interaction Program-May 22, 2021 Saturday 1:00 PM EST

Candidates’ Zoom Debate & Interaction Program मा सहभागी हुनको लागि यो फर्म भर्नुहोस्:

https://forms.gle/9Abq2AFYgaKuGDez9

 

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ