कोरोना महामारीका कारण भएको निषेधज्ञाका कारण नजिकिएको पर्व दशैँ र तिहारमा आवश्कता अनुसार पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा नभएको व्यवसायीहरुले बताएका छन् । निषेधज्ञाले फूल पुष्प व्यवसायीहरु मर्कामा परेकाले उत्पादनमा कमी हुने भएकाले पर्याप्त मागलाई पूर्ति गर्ने अवस्था नभएको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
बजार अभाव र मजदुर समस्याका कारण २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले फूलको माग पूरा गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उहाँको भनाइ छ । तर अन्य व्यवसाय भन्दा चाँडै पुष्प व्यवसाय पूरानै लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएकाले पुष्प व्यवसायबाट आम्दानी गर्न सकिने भएकाले सरकारले व्यवसायीहरुलाई प्रविधिक सीपका तालिमहरु समेत दिन व्यवसायीहरुको माग छ ।
बढी जसो दशैँ र तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ । फूल व्यवसायमा करिव ४० हजार परिवार संलग्न रहेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । कृषि विभागका अनुसार २० प्रतिशत फूल अझै भारतबाट आयात हुँदै आएको र करिब तीन करोड रुपैयाँ बराबरको पुष्पजन्य वस्तु विदेशबाट निर्यात हुने गरेको जनाएको छ ।
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...