-नेपाल पत्रकार महासंघ केन्द्रकै प्रमुख आतिथ्यमा युके शाखाको कर्यसमिति घोषणा

नेपाल पत्रकार महासंघ केन्द्रकै प्रमुख आतिथ्यमा युके शाखाको कर्यसमिति घोषणा

Hollywood Khabar June 20,2021 Comments

लण्डन, जुन २०, २०२१

नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा घोषणा सभा आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ।

एफएनजे युकेका नव निर्वाचित अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २०२१ देखि २०२४ सम्मका लागि ३ बर्षे कार्यकालका लागि विभिन्न प्रतिबद्धता ब्यक्त भएका छन्।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महासंघकै पूर्व केन्द्रिय अध्यक्षद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

सुचना आयोगका पुर्व आयुक्त किरण पोखरेलले समेत सम्बोधन गरेको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, पुर्व उपाध्यक्ष दामोदर दवाडी, महासचिब अजय बाबु शिवाकोटीले पनि बधाई तथा शुभकामना ब्यक्त गरे।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिबाट सदस्यहरु रमेश खतिवडा, सरिता तिम्सिना पंगेनी र ललिता शाह , लेखा समिति सदस्य देवी सापकोटा तथा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको समेत उपस्थिति रहेको थियो। उनीहरुले महासंघको बिधान बमोजिम निरौलाको कार्यसमितिलाई केन्द्रले मान्यता दिने र सोको लागि जोडदार आवाज उठाउने प्रतिबद्धता समेत ब्यक्त गरे।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय संगठन बिभाग सदस्य ओम शर्माले नवनिर्वाचित कार्यसमितिको नामावली पढेर सुनाएका थिए साथै बेल्जियम शाखाका अध्यक्ष समेत रहेका उनले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे। त्यसैगरी महासंघकै युरोप शाखाका अध्यक्ष सरस्वती कार्की तथा बरिष्ठ उपाध्यक्ष महेश खातीले समेत शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युके पाँचौ अधिवेशनका लागि केन्द्रिय प्रतिनिधि भगीरथ योगीले कार्यक्रम अघि नै शुभकामना ब्यक्त गरेका थिए। नेपाल पत्रकार महासंघ युके निवर्तमान वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले गत आइतबार सम्पन पोस्टल भोटिंगमा भएको धाँधलीबारे प्रस्ट पारेका थिए।

बेलायतस्थित नेपाली राजनीतिक पार्टी निकट संस्थाहरु नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति युकेका कार्यवाहक अध्यक्ष महेश दाहाल , नेकपा (एमाले ) निकटसंस्थाहरु क्रमश प्रवासी नेपाली मंच युके अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रवासी नेपाली एकता मंच युके महासचिव सरेश जंग शाह, नेकपा (माओबादी) निकट जनप्रगतिशील मंच युके अध्यक्ष सुरेश गौतमले समेत सफलता एबम शुभकामना ब्यक्त गरेका थिए।

सामाजिक अभियन्ता शेर सुनार ,नेपाल मगर संघका महासचिब रुद्र थापाले समेत शुभकामना ब्यक्त गरेको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युकेका नवनिर्वाचितअध्यक्ष कर्मा पहाडी शेर्पाली सुभकामना एबम धन्यबाद ब्यक्त गरेका थिए। नेपाल पत्रकार महासंघका महासचिब समेत रहेका शेर्पाले महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष एबम निबर्तमान महासचिब संजयभक्त कंडेललाइ सफलतापुर्बक सभा संचालन गरेकोमा समेत धन्यबाद ब्यक्त गरे।

महासंघका नवनिर्वाचित उपाध्यक्ष एभरेस्ट गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यसमितिका सदस्य खुशी लिम्बुले समेत सम्बोधन गरेका थिए। कार्यसमितिका अन्य नवनिर्वाचितहरुमा महिला उपाध्यक्षमा बिमला लिम्बु , सचिब सिर्जना निङ्लेकु , कोषाध्यक्ष मनी सुबेदी र सदस्यहरु मन्दिप केसी तथा जिबन गाउँले रहेका छन्।

लुइँटेल र डा. कार्की सल्लाहकार मनोनयन

यसैबीच कार्यक्रम पश्चात अध्यक्ष निरौलाको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले विभिन्न प्रतिबध्दता र निर्णयहरु गरेको छ। शाखाको सल्लाहकारमा निबर्तमान बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल र निबर्तमान सचिब डा. जगन कार्कीलाइ मनोनयन गरेको छ।साथै बाकि सल्लाहकार र कार्यसमिति सदस्यहरुको मनोनयन चाडै गरिने छ। शाखाको अधिबेशन र कार्यक्रमहरु सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्ने सबै संघ-संस्था तथा सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरेको छ। साथै छुटेका सक्रिय पत्रकारहरुलाई नयाँ सदस्यता दिलाउनको लागि केन्द्रमा पठाउने निर्णय समेत गरेको छ।

प्रतिबध्दताहरु

  • नेपाल पत्रकार महासंघ युकेले बेलायतस्थित नेपाली दुतावाससहित नेपाली संघसंस्था र समुदायहरुसँग सहकार्य र हातेमालो गर्दै अघि बढने छ।
  • पत्रकारहरुलाई कृयाशिल बनाउन र बृत्तिविकास गर्न तालिमको व्यवस्था गरिने छ ।
  • नेपाल पत्रकार महासंघ, काठमाडौं सँग ज्ञान र अनुभव साटासाट गर्ने तथा बेलायतमा पत्रकारितामा गरिएका अनुभवलाई साट्ने व्यवस्था मिलाइने छ।
  • कोभिड १९ बाट पत्रकारहरु कसरी जोगिएर काम गर्ने बारेमा एउटा गोष्ठी र अन्तरक्रिया गरिने छ।
  • नयाँ पुस्ताका नेपाली पत्रकार सँग जोडन निश्चित पदमा कोटाको व्यवस्था गरिने छ। ति पदहरुमा निर्वाचन गरिने छैन ।
  • विदेशस्थित शाखाहरु सँग सहकार्यलाई जारी राखि सहयोग आदान प्रदान गरिने छ।
  • जनचेतनामुलुक कार्यहरु अघि बढाइने छ ।
  • बेलायतमा खोजमुलक पत्रकारिता गर्ने एक जनालाई बर्षमा ५ सय पाउण्ड पुरस्कृत गर्ने गरि पत्रकारिता पुरस्कार स्थापना गरिने छ । जसलाई छनौट समितिद्वारा सबै काम अघि बढाइने छ ।
  • प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र फ़ोनिजका सदस्यहरुलाई समेत फाइदा हुने गरि सित्तैमा अनलाईन तालिमको व्यवस्था गरिने छ।