-गैरआवासीय नेपाली पत्रकार महासंघले ग-यो सर्वोच्च अदालतको फैसलाको स्वागत

गैरआवासीय नेपाली पत्रकार महासंघले ग-यो सर्वोच्च अदालतको फैसलाको स्वागत

Hollywood Khabar July 12,2021 Comments

अमेरिका, जुलाई १२, २०२१

दोश्रो पटक पनि विघटन गरिएको नेपालको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको गैरआवासीय नेपाली पत्रकार महासंघले स्वागत गरेको छ।

सोमबार भर्चुअल रुपमा बसेको महासंघको पहिलो बैठकले अदालतको फैसलाले विधिको शासनको सर्वोच्चतालाई पुनःस्थापित गरेको जनाएको छ। लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि विधिको शासन अनिवार्य छ।

त्यसैले हामी नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुलाई आपसी संवाद र सहकार्यद्वारा जारी राजनीतिक गतिरोधबाट मुलुकलाई निकास दिन र कोरोना संक्रमणबाट भैरहेको मानवीय क्षतिलाई रोक्न तत्काल खोपको आपूर्ति सुनिश्चित गरी कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न अपिल गर्दा छौं, महासंघले भनेको छ।

महासंघको बैठकले विधान तर्जुमा, संगठन विस्तार लगायतका कामहरु गर्न विभिन्न समितिहरु पनि गठन गरेको कुरा महासचिव कृष्ण केसीले जनाए।

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गत साता गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको थियो।