लेखक अभिमन्यू दिपक 

चार ताङ्का माया र पानी

Hollywood Khabar May 11,2020 Comments

उनको माया, 
खै बुझ्नै नसकिने, 
अलग लाग्छ,
पटक्कै बुझ्दिन म, 
कस्तो होला सोच्दैछु !
ऽऽऽऽऽऽऽऽऽऽऽ
चोखो मायामा,
बिश्वास र भरोसा,
मन र मुटु,
जोडीएको भए पो,
माया त्यो माया हुन्छ
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
कालो बादल ,
बर्षन आँटेझैं छ, 
पानीका बुँद,
अमृत हुनुपर्थ्यो,
कहर भयो पानी !
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
कुरै मिल्दैन,
सानासाना विवाद,
पानीको थोपा,
नयनबाट झर्छ,
बिलाउँछ धर्तिमा!