ढाका टोपी लाउदा मैले कर्के नजर लायौ किन ?
आँखा झिमझिम पारीपारी ईशाराले बोलायौ किन ?
आउदा जाँदा बाटोभरि देखेकै हो सधै भरि ‚
आज के भो अनायासै नजिक नजिक आयौ किन ?
थरथराएका अधर देखें ‚ लजाएका नज़र पनि ‚
जम्काभेट हुदा आज यतिसारो हडबडायौ किन ?
कता जान कस्सिएर हिडेकि थियौ कुन्नी ‚
अनायासै मलाई देखेर अनकनायासै किन ?
मैल त हेरेको मात्र तिमीले नै ईशारा गर्यौ ‚
आँखाको शानसंगै नबुझिने गरि बर्बरायौ किन ?
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!