गजल:असार जस्तो भएन,खेत हिल्याउन पाʼछैन

Hollywood Khabar July 11,2017 Comments

हिजोआज असारको चटारोले लखेटेको छ मलाई
उनको कर्के हेराईको झटारोले लखेटेको छ मलाई

असार जस्तो भएन असार खेत हिल्याउन पा छैन 
मङ्गसिरको चिन्ताले अहिल्यै लखेटेको छ मलाई

दौडाहा चलेकै छ पसिनाले रुझेकै छु अरु के भनुँ
साँझ बिहान छाक टार्ने धुनले लखेटेको छ मलाई

तिम्रो हातेमालो अनि सहयोगी भावना असिम छ 
अँध्यारोमानि त्यसले जुन बनेर लखेटेको छ मलाई

आँखामा चमक अधरमा मुस्कान फुलाईरहुँ कसरी? 
दिनरात यहि एउटै चिन्ताले लखेटेको छ मलाई