लेखिका रत्न मिमोसा

गजल पर्खदैछु एउटा मौसम

Hollywood Khabar February 19,2020 Comments

पर्खदैछु एउटा मौसम हावाहुरी बिर्साइदिने,
बर्खैभरी चुहुने त्यो घरको धुरी बिर्साइदिने।

सारा खुशी गुमाएर रित्तिएको थियो बगर,
सुन्छु साहस मिल्यो अरे मायामुरी बिर्साइदिने ।

भाकी रहे प्रकृति पाइदोहोला मलम पट्टी,
आशै चिर्ने बैगुणी त्यो तीखो छुरी बिर्साइदिने ।

हिड्दाहिड्दै मुस्कुराउछु हेर्दै छाया आफ्नै चित्र,
बिरानो यो आकाशधर्ती बिचको दुरी बिर्साइदिने ।