रचनाकार अभिमन्यू दिपक 

गजल : यो मन अचेल एकान्तमा रमाउँछ

Hollywood Khabar September 17,2020 Comments

खै ! किन यो मन अचेल एकान्तमा रमाउँछ त के गरुँ?
जहाँ भएपनि उनी,उनकै मात्र याद आउँछ त के गरुँ?

टाढा बनायो परिस्थिती र परिवेशले मन बुझाउनै पर्छ ,
सम्झनामा हरपल मन कता कता हराउँछ त के गरुँ?

दैनिकी सायद ठिकैथ्यो,हाँसीखुशी सन्तुष्टथ्यो जीवन,
वारीपारी बनाई कहिलेकहिं टाढा गराउँछ त के गरुँ?

हुन त जिन्दगीका जोड घटाउहरु चलिरहन्छ यसैगरि,
समयले नै अनायास यसरी डाँडा कटाउँछ,त के गरुँ?
अभिमन्यु दिपक
२०७७।०६।०२