-१० बर्ष मुनिका अमेरिकी नागरिकको लागि दिएको Gratis Visa मा अब शुल्क लाग्ने

१० बर्ष मुनिका अमेरिकी नागरिकको लागि दिएको Gratis Visa मा अब शुल्क लाग्ने

Hollywood Khabar June 02,2019 Comments

कृष्ण के सी/अमेरिका/६/३/१९

नेपाल सरकारले १० बर्ष मुनिका अमेरिकी नागरिकहरुको Gratis Visa मा दिएको शुल्क मिनाहा मे १४, २०१९ देखि बन्द गरेको छ ।

नेपाल सरकारको अध्यागमन बिभागले जारि गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छ । बिगत देखि अमेरिकी नागरिकहरुका १० बर्ष मुनिका बच्चाहरुको लागि Gratis Visa मा शुल्क लाग्दैनथियो । नेपाल सरकार गृहमन्त्रालयको मे ९, २०१९ को निर्णय अनुसार सो ब्यबस्था गरिएको हो ।

कतिपय देशहरुमा Gratis भिसा आफ्नो देशमा लामो समयको लागि काम गर्न बस्ने बिदेशीका सन्तानहरुको लागि दिने गरिएको छ। नेपाल सरकारले पनि १० बर्ष मुनिका अमेरिकी नागरिकहरुलाई Gratis Visa निशुल्क दिने गरेको थियो। नेपाल सरकारले उपरान्त टुरिष्ट र ननटुरिष्ट दुवै भिसामा शुल्क लाग्ने कुरा सूचनामा जानकारी छ ।

सो संबन्धि बिभागको सूचना:

Notice regarding provision of gratis visa

This is to inform that the existing provision of Gratis Visa (waiver of visa fees) to children (American Passport holders) below 10 years of age has been terminated as per the amendment decision made by the Ministry of Home Affairs on May 09, 2019. Fees shall be applicable to both tourist and non tourist visa effective from 14 May 2019.

Click Link for notice:

http://www.nepalimmigration.gov.np/post/notice-regarding-provision-of-gratis-visa