-घटना पछि NRNA NCC हङकङकी अध्यक्ष टिका गुरुङ्ग सुरक्षा निकायसँग कुरा गर्दै

हङकङको जोर्डनस्थित रेष्टुरेण्टमा आगलागी हुँदा ८ नेपालीको निधन

Hollywood Khabar November 15,2020 Comments

कृष्ण के सी, अमेरिका/११/१६/२०

नोवेम्बर १५, २०२० आइतबार राती हङकङको जोर्डनस्थित रेष्टुरेण्टमा आगलागी हुँदा ८ जना नेपालीको दुखद निधन भएको छ।

घटनालाइ अत्यन्तै दु:खद भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङले समवेदना वक्तब्य प्रकासित गरेको छ। ५६० काण्टोन रोड, याउमातेमा सांझको करिव ७ बजे सो दुखद दुर्घटना भएको समेत प्रेस बक्तब्यमा उल्लेख छ। घटनामा कति घाइते र अन्य हताहतबारे थप जानकारी प्राप्त भएको छैन।

घटना पश्चात गैरआवासीय नेपाली संघका अध्यक्ष कुमारले फेसबुक फार्फत समवेदना प्रकट गर्नुभएको छ।